दर्शकले हलमा नहेरेका फ्लप फिल्म हेर्लान् त ओटिटीमा ?

दर्शकले हलमा नहेरेका फ्लप फिल्म हेर्लान् त ओटिटीमा ?

काठमाडौं : तीन वर्षअघि हलमा रिलिज भएको फिल्म ‘चपली हाइट ३’ ओटिटी प्लेटफर्ममार्फत पुन प्रदर्शनमा आएको छ। निर्माण टिमले सिनेमाघर एपमार्फत फिल्मलाई रिलिज गरेका हुन्। 

ओटिटीमार्फत फिल्म ‘चपली हाइट ३’ हेर्नका दागि दर्शकले दुई सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। साथै, यस एपमा व्यवस्था रहेको सिने क्वाइनप्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्महरू हेर्न सकिने निर्माण पक्षको भनाई छ। 

यो एपमा उपलब्ध फिल्महरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ।

यसअघि सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष’, ‘जारी’, ‘पानीफोटो’, ‘प्रेमगन्ज’ लगायत फिल्म रिलिज भएका थिए। त्यसमा ‘जय भोले’, ‘पानीफोटो’, ‘प्रेमगन्ज’ त हलमा फ्लप भएका फिल्म हुन्। 

नेपालमा ओटिटी प्लेटफर्म सुरू भएको कोभिड महामारीपछि हो। त्यसमा पनि सिनेमाघर एप लगायतका नाम चलेका प्लेटफर्महरू हेर्दा फ्लप फिल्म प्रदर्शन गर्ने माध्यम जस्तो देखिन्छ। 

हलमा पैसा तिरेर दर्शकले नहेर्दा फ्लप भएका ती फिल्महरू ओटिटीमा चाहिँ हेर्लान् त ? जेहोस्, जसरी पनि नेपाली फिल्मलाई दर्शकको माया रहिरहोस्।  

जेठ २, २०८१ बुधबार १५:५७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।