चलचित्र पर्यटन प्रवर्द्धन गर्ने सरकारको लक्ष्य, बलिउड र हलिउड निर्मातालाई आकर्षित गर्ने

चलचित्र पर्यटन प्रवर्द्धन गर्ने सरकारको लक्ष्य, बलिउड र हलिउड निर्मातालाई आकर्षित गर्ने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष चलचित्र पर्यटन प्रवर्द्धन गर्ने नीति लिएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

उनले भने, ‘बलिउड तथा हलिउड लगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिनेछ।’

साथै पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाएर पर्यटक उद्धार केन्द्रसहित पर्यटकीय पूर्वाधारको निर्माण तथा विकास गरिने नीति सरकारले लिएको छ।

जेठ १, २०८१ मंगलबार १६:०८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।