दुर्घटनामा गम्भीर घाइते कमेडियन सुशान्तको स्वास्थ्य सुधारियो, दोहोरो कुराकानी गर्न थाले

दुर्घटनामा गम्भीर घाइते कमेडियन सुशान्तको स्वास्थ्य सुधारियो, दोहोरो कुराकानी गर्न थाले

काठमाडौँ : सवारी दुर्घटनामा गम्भीर घाइते भएका कमेडियन सुशान्त बस्यालको स्वास्थ्य सुधारिएको छ। भेन्टिलेटरमा राखेर उपचार गरिएका उनी अहिले भक्तपुर अस्पतालको आइसियु कक्षमा छन्।

सुशान्तको उपचारमा संलग्नस्रोतका अनुसार अहिले उनी मान्छे चिन्न सक्ने र दोहोरो कुराकानी गर्न सक्ने भएका छन्। कमेडी च्याम्पियन टिमसहित नगरकोट जानेक्रममा मिनिट्रकमा कार ठोक्किँदा विशाल भण्डारी, पूजन अधिकारी, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई समेत घाइते भएका थिए।

सबैको भक्तपुर अस्पतालमा उपचार भएको थियो। अन्यको अवस्था भने सामान्य नै रहे पनि टाउकोमा चोट लागेका बस्यालको अवस्था भने गम्भीर थियो।

गम्भीर चोट लागेका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। भेन्टिलेटरमा राख्दा स्वास्थ्य अवस्थामा सुधार भएपछि आइसियु कक्षमा राखियो।

'अहिले उनी दोहोरो कुराकानी गर्ने र मान्छेहरू चिन्न सक्ने भएका छन्,' उपचारमा संलग्न स्रोतले भन्यो' चिकित्सक टिमलाई जोक्स सुनाएर हँसाउँछन्।'

उनी कमेडी च्याम्पियनको पूर्व सहभागी हुन। अहिले भने उनी प्रडक्सन टिममा रहेर काम गरिरहेका थिए। उनको सबै उपचारको जिम्मा कमेडी च्याम्पियनले लिएको छ। 

१५ चैत, २०८०, २०:१९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।