फिल्म निर्माणमा हामफालिन् अभिनेत्री स्मीता लामिछाने, पोस्टर सार्वजनिक

फिल्म निर्माणमा हामफालिन् अभिनेत्री स्मीता लामिछाने, पोस्टर सार्वजनिक

काठमाडौं : फिल्म ‘म राजेश हमाल’ र ‘१२ सत्ताईस’की अभिनेत्री स्मीता लामिछाने फिल्म निर्माणमा हामफालेकी छन्।

सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘आँखा’को शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै असार १४ गते प्रदर्शन गर्ने भन्दै प्रदर्शन मितिसमेत तोकिएको छ।

जौन योन्जनले निर्देशन गरेको फिल्मको पोस्टरमा मुख्य भूमिकामा रहेका कलाकारहरु स्मीता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, प्रविण खतिवडा लगायतलाई देखाइएको छ।

फिल्मको नाम अनुसारनै पोस्टरमा ‘आँखा’भित्र कलाकारहरूलाई राखिएको छ भने त्यसको बीचमा सुर्यमुखी फूललाई समेत जोडिएको छ।

एकै दिन निर्माण टिमले दुई वटा पोस्टर सार्वजनिक गरेको छ। अर्को थीम पोस्टरमा पनि फोहोरको थुप्रोमाथी सुर्यमुखी अंकित देख्न सकिन्छ।

निर्देशक योनजनकै कथा तथा पटकथा रहेको फिल्ममा पोस्टर ट्राइडेन्ट कन्सेप्ट रोयल भिमसेनले तयार पारेका हुन्। ‘आरआर फिल्मस्’ले यो फिल्मको प्रदर्शन गर्दैछ।

१५ बैशाख, २०८१, १२:५४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।