नेपाल आइडलमा जब विशालले ‘रोल्पा बक्सियोस्’ भन्दै गाउन थाले

नेपाल आइडलमा जब विशालले ‘रोल्पा बक्सियोस्’ भन्दै गाउन थाले

काठमाडौं : गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५ को ६ एपिसोड प्रशारण भइसकेको छ।

आइतबार प्रशारण भएको एपिसोडमा भोजपुरका विशाल राईको अन्तिमतिर पालो आयो। उनलाई जज कालिप्रसाद बास्कोटाले कहाँबाट आउनुभयो भनेर सोधेपछि उनले भोजपुरबाट आएको बताए।

जजले मुस्कानसहित सोधेको प्रश्नको उत्तर दिएपछि उनी गीत गाउन तयार भए। जज बास्कोटाले विशाललाई ल सुनौं भनेर गाउन अर्हाए।

उनले गीतार बजाउँदै ‘पान बुट्टे’ बोलको गीत सुनाएँ। उनको गीत सुनेपछि अर्का जज न्हु बज्रचार्यले चिनिहाले।

उनले यो गीतको ओर्जिनल पनि छ है भन्ने कुरा राखे। विशालले छ भन्दै जवाफ फर्काए।

गीत सुनेर उत्साहित बनेकी अर्की जज इन्दिरा जोशीले सुनौं न भन्दै गाउन लगाइन्।

उनले आफ्नै चर्चित गीत ‘रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस्’ गाए। त्यसपछि सबै जज चकित खाए।

जज इन्दिराले ए यो गीत भन्दै आफैं बसेको कुर्सीमा नाच्न थालिन्। उनी नाच्न मात्र होइन आफैं गाउन पनि थालिन्।

यति चलेको गीत गाएका विशाललाई जज न्हु बज्रचार्यले 'यो गीत त तिम्रो चलेको गीत हो नि, चलिसकेको मान्छे किन आइडलमा आउनुपर्यो?' भनेर प्रश्न गरे। प्रतियोगी विशालले एउटा सिक्दै गरेको कलाकारलाई गीत चलेर मात्र नहुने भनाई राखे।

‘एउटा गीतले कसैलाई क्लिक गर्छ कसैलाई गर्दैन,’  उनले भने, ‘अलिकति म भर्खरै सिक्दै गरेको हुनाले चाहिँ म ज्यादा मिडियामा आउन चाहिन। अलिक परै बसेको। हामी जस्तो एउटा स्ट्रगल फेजको सिंगरलाई चाहिँ नेपाल आइडलले आम स्रोता दर्शकबीचमा चिनाउने एकदमै ठूलो प्लेटफर्म भएको हुनाले आएको हो।’

जज बज्रचार्यले आफूलाई पनि त्यस्तै लाग्ने बताए।

यता अर्की जज इन्दिराले गायिकी भएकाले एउटा प्लेटफर्म भएको बताइन्।

उनी अर्को राउण्डका लागि छनोट समेत भइसकेका छन्।

१५ चैत, २०८०, १७:५१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।