सर्वोत्तम सिमेन्ट र गोर्खाज फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार, नेप्से ४.७८ अङ्कले बढ्यो

सर्वोत्तम सिमेन्ट र गोर्खाज फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार, नेप्से ४.७८ अङ्कले बढ्यो

काठमाडौँ : यो साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ४.७८ अङ्कले बढेर २०३५.६४ को बिन्दुमा बन्द भयो। यो साता सोमबार र बुधवार दोहोरो अङ्कले घटेको बजार मङ्गलवार र बिहीबार नेप्से बढेर बन्द भयो।

नेप्सेमा सामान्य सुधार भयो। तर ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.३६ अङ्कले घटेर ३५९.०९ को बिन्दुमा बन्द भयो।

१३ मध्ये ५ वटा समूह घटेका छन् बाँकी समूहका सूचक सकारात्मक रहेका छन्। बिहीबार बैङ्किङ, होटेल तथा पर्यटन,लघुवित्त, निर्जीवन बिमा र व्यापार उपसूचक घटेको छ। अन्य सबै उपसूचकहरू बढ्यो। बिहीबार निर्जीवन बिमा उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले घटेको छ। लघुवित्त उपसूचक ०.४८ प्रतिशतले घट्यो। उत्पादन तथा प्रशोधन उपसूचक २.४० प्रतिशतले बढ्यो।

बिहीबार २ अर्ब ६२ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको थियो। ५३ हजार १ सय ११ कारोबारमा ६५ लाख ४७ हजार ६ सय ३४ कित्ता सूचीकृत धितोपत्र किनबेच भयो।

बिहीबारको बजारमा सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक १९ करोड ३८ लाख रुपैयाँको कारोबार भयो। गोर्खाज फाइनान्सको १६ करोड २० लाख र शिवम् सिमेन्टको १५ करोड ३९ लाखको सेयर कारोबार भयो।

बिहीबारको कारोबारमा हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत र सर्वोत्तम सिमेन्टको सेयरमूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको थियो।

उन्नति सहकार्य लघुवित्त र धौलागिरि लघुवित्तको सेयर मूल्य १० प्रतिशत र हिमालयन हाइड्रोपावरको सेयर मूल्य ८.७३ प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको थियो।

१५ चैत, २०८०, १६:०३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।