दाइजोमा सुनको सिक्री नपाएपछि विवाह रद्द गरेको आरोपमा पक्राउ परेकाहरू धरौटीमा रिहा

दाइजोमा सुनको सिक्री नपाएपछि विवाह रद्द गरेको आरोपमा पक्राउ परेकाहरू धरौटीमा रिहा

काठमाडौं : बारामा दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गरेको आरोपमा पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन्।

पक्राउ परेका बेहुला बारा कलैया उपमहानगरपालिका-४ बस्ने उमेश साह गोढ, उनका बुवा बच्चालाल साह गोढ, बेहुलाका दाइहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँपालिका-५ बस्ने रामएकवाल साह धरौटीमा रिहा भएका हुन्।

फागुन २८ गते राति जन्ती लिएर वीरगञ्ज महानगरपालिका-२४ मा पुगेका बेहुला उमेशसहित पाँचै जनाले सुनको सिक्री नपाएको भन्दै बेहुला पक्षले विवाद निकालेपछि बेहुली पक्षकाहरूसँग विवाद भएको थियो।

सोही सूचनाको आधारमा पर्सा प्रहरीले पाँचै जनालाई पक्राउ गरेको थियो।

उनीहरू विरुद्ध बितेको चैत ९ गते जिल्ला अदालत पर्सामा विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।

सोही मुद्दाको गत आइतबार सुनुवाइ गर्दै अदालतका न्यायाधीश दीपक खनालको इजलासले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको थियो।

सम्बन्धित समाचार

१४ चैत, २०८०, १६:४८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।