उपेन्द्र यादव : मन्त्री बन्नासाथ विदेश भ्रमणको हतारो, पहिलोपटकमै ९ महिनामा १५ देशको भ्रमण गरेका थिए

उपेन्द्र यादव : मन्त्री बन्नासाथ विदेश भ्रमणको हतारो, पहिलोपटकमै ९ महिनामा १५ देशको भ्रमण गरेका थिए

काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका प्रस्थान गरेका छन्।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव आज बेलुकी अमेरिका प्रस्थान गरेका हुन्।

जनता समाजवादी पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादव मे ७ तारिख स्वदेश फर्किने कार्यक्रम तय भएको छ। 

स्वास्थ्य मन्त्रीमा नियुक्त भएको ४८ औँ दिन आज अमेरिका तथा कतारका लागि उडे। 

मन्त्री बन्नासाथ विदेश उड्न हतार गरिहाल्ने उनको पुरानै स्वभाव छ।

उनले २०६५ मा पहिलोपटक परराष्ट्र मन्त्री बनेपछि महिनौँसम्म विदेश भ्रमणमै बिताएका थिए। उनले त्यतिबेला नौ महिनाको कार्यकालमा  १५ वटा देशको भ्रमण गरे। 

त्यसपछि पनि पटकपटक सरकारमा सहभागी भइरहने यादव मन्त्री बनेर अधिकांश समय विदेशमा बिताउने रेकर्ड बनाएका छन्।  

१५ बैशाख, २०८१, २१:३७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।