कहिलेसम्म आउँछ उपनिर्वाचनको मतपरिमाण ?

कहिलेसम्म आउँछ उपनिर्वाचनको मतपरिमाण ?

काठमाडौं : शनिबार इलाम २ र बझाङ १ (१) मा भएको उपनिर्वाचनको मतपरिमाण मतगणना थालेको १२ घण्टाभित्र आउने निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन सम्पन्न भएसँगै मतपेटिका सङ्कलन गरेर राजनीतिक दलहरूको सहमतिमा मतगणना अघि बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए।

उनले पर्सिसम्म दुवै क्षेत्रको मतगणना सम्पन्न हुने बताए। 

थपलियाले भने, 'आजदेखि मतगणना थाल्ने भनेका छौँ। राजनीतिक दलहरूसँग पनि कुरा भएको छ। इलाममा लगभग ११ बजेसम्म सबै मतदान केन्द्रबाट एक ठाउँमा मतपेटिका आइसक्छ। उता बझाङमा भोलि बिहान १० बजेसम्म मतपेटिका एकै ठाउँ आइपुग्छ। मतगणना सुरु भएको १२ घण्टाभित्र नतिजा निकाल्नु भनेर हामीले भनेका छौँ।'

१५ बैशाख, २०८१, २२:००:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।