रिलिजको पहिलो दिनमै १ करोड २३ लाख कमाएको ‘महाजात्रा’ निर्देशकको दाबी

रिलिजको पहिलो दिनमै १ करोड २३ लाख कमाएको ‘महाजात्रा’ निर्देशकको दाबी

काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले पहिलो दिनको कमाइ सार्वजनिक गरेको छ।

फिल्मका निर्देशक प्रदीप भट्टराईले सामाजिक सञ्जालमार्फत पहिलो दिनको कलेक्सन सार्वजनिक गरेका हुन्।

निर्देशक भट्टराईका अनुसार शुक्रबार नेपालभर २७५ शो प्रदर्शन भएको फिल्मले १ करोड २३ लाख रुपैयाँ कमाएको छ।

‘जात्रा’ र ‘जात्रैजात्रा’को सिक्वेलको रुपमा बनेको फिल्मले शनिबार पनि देशभर २५० भन्दा बढी शो पाएको छ।

दोस्रो दिनमा फिल्मले अझ धेरै कमाइ गर्नसक्ने नेपाली फिल्मवृत्तमा चर्चा छ।

आइतबार पनि सार्वजनिक बिदा रहेकाले फिल्म हेर्ने दर्शक अझै बढ्नसक्ने आँकलन गरिएको छ।

रबिन्द्रसिंक बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्।

फिल्ममा कार्यकारी निर्माता बानियाँका साथै हरिवंश आचार्य, विपिन कार्की, रबिन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ।

१० चैत, २०८०, ०९:२८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।