दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

एजेन्सी : मदिरा घोटाला सम्बन्धी छानबिनका क्रममा दुई घण्टा बयानपछि इडीले भारत दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्।

भारतीय प्रवर्द्धन निर्देशनालय (इडी) केजरीवालको घरमै गएर नियन्त्रणमा लिएको थियो। बयानपछि उनलाई पक्राउ गरेको हो।

सर्च वारेन्टसहित केजरीवालको निवास पुगेको इडीको टिमले दुई घन्टा खानतलासी र दुई घन्टा सोधपुछपछि उनलाई हिरासतमा लिएको थियो।

केजरीवाल आम आदमी पार्टीका प्रमुख हुन्। पार्टीका नेताहरूले चुनाव प्रभावित पार्न सरकारले राजनीतिक कदम चाल्दै इडीको प्रयोग गरेको दाबी गरेका छन्। 

८ चैत, २०८०, २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।