माेदीको भुटान भ्रमण स्थगित

माेदीको भुटान भ्रमण स्थगित

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ।

खराब मौसमका कारण भ्रमण स्थगित भएको भारतको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पारो विमानस्थलको खराब मौसमलाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित गर्ने निर्णय दुवै पक्षको सहमतिमा भएको हो।’

परराष्ट्र मन्त्रालयले दुवै पक्षले प्रधानमन्त्री मोदीको भ्रमणको नयाँ मितिमा काम गरिरहेको बताएको छ। मोदी २१ र २२ तारिखमा भुटान भ्रमणमा जाँदै थिए।

यसअघि मंगलबार प्रधानमन्त्री मोदीको भ्रमणको बारेमा जानकारी दिँदै विदेश मन्त्रालयले भारत र भुटानबीच अद्वितीय साझेदारी रहेको बताएको थियो।

८ चैत, २०८०, ०७:४३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।