सामान्य अंकले बढ्यो नेप्से, १३ मध्ये ९ उप-समूहमा बढोत्तरी

सामान्य अंकले बढ्यो नेप्से, १३ मध्ये ९ उप-समूहमा बढोत्तरी

काठमाडौं : साताको दोस्रो दिन करेक्सन भएको नेप्से परिसूचक ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ।

कारोबार रकम भने हिजोका तुलनामा ४९ करोडले घटेको छ। ७३ लाख ४१ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८२ करोड १७ लाख ९८ हजार ९ सय ७६ रुपैयाँमा कायम रह्यो।

आइतबार कारोबार सूचक ११.८३ अंकले घट्दै २०६९.०४ विन्दुमा रहँदा पनि ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँको कारोबार भएको थियो।

सोमबार १४८ कम्पनीका सेयर मूल्य बढेको छ भने ८५ को घटेको छ। ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

आज १३ उप-समूहमा वाणिज्य बैंक, उत्पादन तथा प्रशोधन, लगानी र निर्जीवन बीमा बाहेकका सबै बढेका छन्।

विकास बैंक उप-समूह सर्वाधिक १.३० प्रतिशतले बढेको छ।

सर्वाधिक नोक्सानीमा मानुषी लघुवित्तका लगानीकर्ता छन्। एनएमबि बैंक, सिंगटी हाइड्रो इनर्जी, माण्डू हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीका सेयर धेरै घट्नेका सूचीमा छन्।

आज सप्तकोशी विकास बैंक, पिपुल्स पावर र धौलागिरि लघुवित्तको सेयर सर्किट स्तरमा बढोत्तरी भएको छ।

सर्वाधिक कारोबार हुने कम्पनीहरूमा आज पनि शिवम् सिमेन्ट अगाडि छ। उक्त कम्पनीको सेयर १९ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै, गुर्खाज फाइनान्सको १९ करोड ७८ लाख र सोनापुर मिनरल्सको १३ करोड ८ लाखको सेयर किनबेच भएको छ।

५ चैत, २०८०, १५:३८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।