दुई एआईजीको सरुवा गर्ने सरकारको निर्णय

दुई एआईजीको सरुवा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरूवा गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी प्रधान कार्यालय कार्य विभागबाट शाखाबाट एआईजी श्याम ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सरूवा गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार सीआईबी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्य विभागमा सरूवा गर्ने निर्णय भएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाइएको हो।

यस्तै बैठकले सुन तस्करी जाँचबुझ आयोगले चैत १ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयन प्रक्रियामा लैजाने निर्णयसमेत गरेको छ।

२ चैत, २०८०, १८:५६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।