कोशी र सुदूरपश्चिममा बिहानैदेखि मौसम बदली, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

कोशी र सुदूरपश्चिममा बिहानैदेखि मौसम बदली, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले आज बिहानैबाट कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया मौसम बदली रहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ।

लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा आज हावा-हुरीको सम्भावना रहेको छ।

शनिबार राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

१५ बैशाख, २०८१, ०७:३१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।