सुन तस्करी सम्बन्धी छानविन आयोगको प्रतिवेदन चाँडै कार्यान्वय गर्ने मन्त्रिपरिषद्को निर्णय

सुन तस्करी सम्बन्धी छानविन आयोगको प्रतिवेदन चाँडै कार्यान्वय गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकाले सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनको अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत १ गते गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको लागि प्रक्रियामा लैजाने निर्णय गरेको हो।

केहीबेर अघि बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले  आयोगले उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन चाँडै कार्यान्वयनमा लाने निर्णय भएको बताइन्।

उनले भनिन्, ‘सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जुन हामीले जाँचबुझ आयोग गठन गरेको थियौं। त्यसले २०८० चैत्र १ गते उपप्रधान तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको लागि प्रक्रियामा लैजाने भन्ने बैठकले निर्णय गरेको छ।’

२ चैत, २०८०, १८:३८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।