सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

आज सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढेर हाल सम्मकै उच्चमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो।

गएको पुस १२ गते छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो। जुन नेपाली बजारमा यसअघिको उच्च मूल्य थियो।

आज तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले बढेको छ।

चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

२२ फागुन, २०८०, १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।