लुम्बिनीमा हुने लागेको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित

लुम्बिनीमा हुने लागेको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित

बुटवल : लुम्बिनीमा हुन लागेको ‘बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिड्र्स चौथो शिखर सम्मेलन’ स्थगित भएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले निजी स्वार्थमा सम्मेलन गर्न लागेको भन्दै सत्ता साझेदार दलभित्र असन्तुष्टि देखिएको थियो।

प्रमुख प्रतिपक्ष दल एमालेले पनि सदनबाटै सम्मेलनको उद्देश्य स्पष्ट गर्न माग गरिरहेको थियो। यहि अवस्थामा केन्द्रमा गठबन्धन फेरियो।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पछिल्लो राजनीतिक घटनाक्रमले अहिलेको अवस्थामा सम्मेलन गर्न नसक्ने भएपछि सम्मेलन स्थगित भएको बताए।

‘लुम्बिनीलाई ब्राण्डिङ गर्ने योजना साथ सम्मेलन गर्ने भनेका थियौं। तर गठबन्धन फेरबदलले यो सम्मेलन स्थगित गर्न बाध्यौ भयौं। तर यो लुम्बिनीका लागि राम्रो होइन’, उनले भने।

शान्तिभूमि लुम्बिनीलाई विश्वव्यापी चिनाउन भन्दै प्रदेश सरकारको आयोजनामा फागुन २८ र २९ गते लुम्बिनीमा शिखर सम्मेलनको आयोजना गर्ने बताएको थियो।

सम्मेलनमा सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो।

२२ फागुन, २०८०, १३:२५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।