चुनावअघि नै जित्ने दाबी गरेका झलनाथको पार्टीलाई ४ वडामा शून्य मत, ३४००० मतमा ३०० पनि कटेन !

चुनावअघि नै जित्ने दाबी गरेका झलनाथको पार्टीलाई ४ वडामा शून्य मत, ३४००० मतमा ३०० पनि कटेन !

काठमाडौं : गत वैशाख १५ गते भएको इलाम २ को उपनिर्वाचनको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री झलनाथ खनालको दाबी थियो, इलाममा एकीकृत समाजवादीको जित निश्चित छ। 

एकीकृत समाजवादीले पनि पार्टीका सम्मानित नेता खनाललाई चुनावी कमान्डर बनायो। उनी इलामकै बासिन्दा पनि हुन्।वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्न नपाएर उनी यो उपनिर्वाचनमा उमेदवार भएनन्। तर, पार्टीले एक्लै चुनाव लड्ने निर्णय गर्यो। 

उम्मेदवारी मनोनयनका क्रममा खनालले आफ्ना उमेदवार जितबहादुर राईको जित सुनिश्चित रहेको दाबी गरे। 'नामै जितबहादुर काफी छ। परिणाम आएपछि सबै चकित खान्छन्,' झलनाथले भनेका थिए। 

तर, परिमाण भने उनले भनेको भन्दा ठ्याक्कै उल्टो भयो। इलामको मत गणना भइरहेको बेला ३४ हजार मत गणना हुँदा जितबहादुरले ३ सय मत पनि कटाउन सकेका छैनन्। 

त्यो भन्दा पनि आश्चर्य भनेको के भयो भने फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १,३,५,७ मा जितबहादुरको शून्य मत आयो। ९५२४ मत गणना भएको फाकफोकथुममा जम्मा १७ मत पाएको छ। वडा नम्बर २ बाट ६, वडा नम्बर ४ बाट ६ र वडा नम्बर ६ बाट ५ मत पाए।

११०१२ मत गणना हुँदा चुलाचुली गाउँपालिकामा एकीकृत समाजवादीले २२३ मत पायो। वडा नम्बर १ मा ६७, वडा नम्बर २ मा ५६, वडा नम्बर ३ मा ९४ मत प्राप्त गरेको थियो। यस्तै, वडा नम्बर ४ मा ४ तथा वडा नम्बर ५ र ६ मा समान एक/एक प्राप्त गरेको थियो।

७०७८ मत गणना भएको माङ्सेवुङबाट उमेदवार जितबहादुरलाई २० मत आयो।  नम्बर ३ मा १५, वडा नम्बर ३ मा ३, वडा नम्बर ५ बाट १ र वडा नम्बर १ मत पाए। माइ नगरपालिकाको ६ वडाबाट १, वडा नम्बर ७ बाट २५ तथा वडा नम्बर ८ बाट १ मत पाउँदा कुल मत २७ मत आएको छ। 

अझ देउमाइ नगरपालिकामा त जितबहादुराले  १ मत मात्र ल्याए।  

१७ बैशाख, २०८१, १६:२७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।