बझाङ उप निर्वाचनको मत गणना सुरु

बझाङ उप निर्वाचनको मत गणना सुरु

धनगढी : बझाङ प्रदेश सभा १ मा भएको उप निर्वाचनको मतगणना सुरु भएको छ। बझाङमा शनिवार मतदान भएको थियो।

आइतबार बिहान मतपेटिका सदरमुकाम चैनपुरमा सङ्कलन गरेर मतगणना सुरु गरिएको हो। उप निर्वाचनमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमनबहादुर भण्डारी, माओवादी केन्द्रबाट जनकबहादुर बुढा प्रतिष्पर्धामा छन्।

इलाममा पनि तोकिएको भन्दा एक घण्टा ढिला मत गणना शुरु भएको थियो। इलामको फाकफोकथुम गाउँपालिका-१ बाट मतगणना सुरु भएको थियो।

१६ बैशाख, २०८१, १४:३९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।