सुन एक सय र चाँदी पाँच रुपैयाँले घट्यो

सुन एक सय र चाँदी पाँच रुपैयाँले घट्यो

काठमाडौं : कारोबार हुने साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ सय रुपैयाँ घट्दा चाँदीमा पाँच रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ६५० रुपैयाँ कायम हुँदा चाँदी मंगलबार भन्दा पाँच रुपैयाँ सस्तोमा कारोबार हुनेछ।

महासंघका अनुसार चाँदी बुधबार तोलाको १ लाख ३७५ रुपैयाँ कायम भएको छ।

१६ फागुन, २०८०, ११:०७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।