नेप्सेमा २०.७६ अंकको गिरावट, कारोबार रकम ३ अर्ब बढी

नेप्सेमा २०.७६ अंकको गिरावट, कारोबार रकम ३ अर्ब बढी

काठमाडौं : सेयर बजार परिसूचक नेप्सेमा आज २०.७६ अंकको गिरावट आएको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा कायम भएको छ।

आज कारोबार भएका कम्पनीमध्ये ४९ कम्पनीको मूल्य बढ्दा १९७ वटाको घटेको छ। २ कम्पनीको सेयर मूल्य स्थिर छ।

आज उत्पादन समूह १.१४ र फाइनान्स ०.३३ प्रतिशत बढेका छन्। बैंकिङ ०.९६, विकास बैंक ०.८७, होटल तथा पर्यटन १.४८, लगानी १.५४, जीवन बीमा १.०७, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा १.४६, अन्य ०.९० र व्यापार समूहमा ०.६० प्रतिशतको गिरावट आएको छ।

आज जम्मा तीन सय नौ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँमा कारोबार भएका छन्।

बजार घटे पनि बुधबारका तुलनामा कारोबार रकममा सामान्य सुधार भएको छ। बुधबार २ अर्ब २४ करोड १९ लाख रुपैयाँको कारोबार भएको थियो।

घटेको बजारमा पनि समाज लघुवित्त वित्तीय संस्थाको सेयरले भने दिनहुँ सर्किटस्तरको बढोत्तरी कायम राखेको छ।

एकै दिन करिब १ सय ९८ रुपैयाँ बढेको समाजको सेयर प्रति कित्ता २ हजार १ सय ७६ पुगेको छ। त्यसपछि जोशी हाइड्रोपावर र सामलिङ पावरको सेयर बढेको छ। बोटलर्स नेपालमा दुवै कम्पनी आज चौथो र पाँचौ नम्बरमा छन्।

रोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि छ। उक्त कम्पनीको सेयर १४ करोड ८७ लाखको कारोबार भएको छ।

गुर्खाज फाइनान्सको १४ करोड, जोशी हाइड्रोपावरको ८ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

१० फागुन, २०८०, १६:११:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।