चार सयले घट्यो सुनको मूल्य

चार सयले घट्यो सुनको मूल्य

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ।

बुधबारको तुलना बिहीबार सुनको मूल्य चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख १८ हजार रुपैयाँ कायम  हुँदा छापावाल सुन तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य भने बुधबारको तुलनामा तोलामा १५ रुपैयाँ घटेको छ। बिहीबार चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

१० फागुन, २०८०, ११:१०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।