२१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २ सय २५ वटाको घट्यो

२१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २ सय २५ वटाको घट्यो

काठमाडौँ : साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घट्यो। आइतबार नेप्से परिसूचक २७.२१ अङ्कले घटेर २०३४.८२ विन्दु कायम भयो।

सेन्सेटिभ इन्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ। सबै कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेकोमा कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

आइतबार बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो। सबै उपसमूहका सूचक नकारात्मक छन्।

फाइनान्स उपसमूह र हाइड्रोपावरको सूचक २ प्रतिशत बढीले घटेको छ। कारोबारमा भएका कम्पनीमध्ये २१ वटाको सेयर मूल्य बढ्दा २ सय २५ वटाको घट्यो भने दुई कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

३ सय १५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर  ३ अर्ब ७७ करोड  ५४ लाख २२ हजार १९६ रुपैयाँमा खरिदबिक्री भएका छन्।

उल्लेख्य सेयर कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, एनआइसी एसिया बैङ्क, जोशी हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर लगायत छन्।

हिमालयन रिइन्स्योरेन्सको ४० करोड ९ लाखको सेयर कारोबार भएको छ। एनआईसी एसिया बैङ्कको १३ करोड ६५ लाख, जोशी हाइड्रोपावरको १० करोड, सगरमाथा जलविद्युतले ९ करोड र युनियन हाइड्रोपावरले ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। 

६ फागुन, २०८०, १६:३४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।