बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ। गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य तोलामा २० रूपैयाँ बढेको छ।

चाँदी तोलामा एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

६ फागुन, २०८०, ११:१८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।