छ सयले बढ्यो सुनको मूल्य, चाँदीमा एकै दिन ३५ रुपैयाँको बढोत्तरी

छ सयले बढ्यो सुनको मूल्य, चाँदीमा एकै दिन ३५ रुपैयाँको बढोत्तरी

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको छ सय रुपैयाँ बढ्दा एक तोला चाँदीमा ३५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ।

उता तेजाबी सुनको मूल्य १ लाख १६ हजार ५५० रुपैयाँ कायम हुँदा चाँदी एक हजार ४१० रुपैयाँ प्रतितोलामा कारोबार हुनेछ।

४ फागुन, २०८०, ११:१३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।