तोलामा १२ सयले घट्यो सुनको मूल्य

तोलामा १२ सयले घट्यो सुनको मूल्य

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुन तोलामै १ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार बुधबार चाँदीमा तोलाको ३० रुपैयाँ कमी आएको छ।

बुधबार छापावाल सुनको मूल्य १ लाख १६ हजार पाँच सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ।

चाँदी भने बुधबार तोलाको १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

२ फागुन, २०८०, ११:२१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।