साढे ३० अंकले घट्यो नेप्से, चार अर्ब बढीको कारोबार

साढे ३० अंकले घट्यो नेप्से, चार अर्ब बढीको कारोबार

काठमाडौं : नेप्से परिसूचक मंगलबार साढे ३० अंकले घटेको छ।

सोमबार १५.३३ अंक बढेको नेप्से आज ३०.५६ अंक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से २०७०.५९ विन्दुमा बन्द भएको हो।

सोमबारको तुलनामा नेप्से १.४५ प्रतिशतले घटेको छ।

यसदिन चार अर्ब ६६ करोड ७१ लाख रूपैयाँको कारोबार भएको छ। ४० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०३ कम्पनीको सेयर मूल्य घटेको छ।

पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ। बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७० प्रतिशतले घटेको छ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ। यो कम्पनीको ३२ करोड ५० लाख रूपैयाँको सेयर खरिद–बिक्री भएको छ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ।

सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह रहेको छ। यसको २.४० प्रतिशत घटेको हो।

१ फागुन, २०८०, १६:३१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।