साताको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य

साताको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ।

शुक्रबारको तुलनामा आइतबार सुन तोलाको १ सय रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख १८ हजार पाँच सय रुपैयाँ कायम हुँदा तेवाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँ रहेको छ।

चाँदीको मूल्य भने आइतबार १ हजार ३९० रुपैयाँ रहेको महासंघले जनाएको छ।

२८ माघ, २०८०, १०:४९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।