घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दा चाँदीमा पाँच रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने तोलाको १ हजार ३७० रुपैयाँ रहेको महासंघले जनाएको छ।

२५ माघ, २०८०, ११:२४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।