सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य बढ्दा चाँदीको स्थिर रहेको छ।

मंगलबारको तुलनामा सुनको मूल्य छ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १८ हजार ५० रुपैयाँ रहँदा चाँदीको मूल्य भने तोलाको १ हजार ३७५ रुपैयाँ नै कायम भएको छ।

२४ माघ, २०८०, ११:०६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।