ब्रेन्टफोर्डलाई पराजित गर्दै सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

ब्रेन्टफोर्डलाई पराजित गर्दै सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ।

गएराति भएको २२औं खेलमा फिल फोडेनको ह्याट्रिकले ब्रेन्टफोर्डलाई ३-१ ले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो।

खेलको २१औं मिनेटमा निल माउपेले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए।

तर, पहिलो हाफको इन्जुरी समयमा सिटीका फोडेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

दोस्रो हाफको आठ मिनेटपछि उनै फोडेनले दोस्रो गोल गरे। खेलको ७०औं मिनेटमा फोडेनले नै गोल गर्दै जित सुनिश्चत गरे।

जितपछि सिटीको २२ खेलबाट ४९ अंक भएको छ। २३ खेल खेलेको लिभरपुलको ५१ अंक छ।

पराजित ब्रेनफोर्ड भने तालिकाको १५औं स्थानमा छ।

२३ माघ, २०८०, ०७:३७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।