सुनको मूल्य तोलाको चार सयले घट्यो

सुनको मूल्य तोलाको चार सयले घट्यो

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ।

आइतबारको तुलनामा सोमबार सुनमा तोलाको चार सय रुपैयाँ र चाँदीमा पाँच रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ हुँदा चाँदी पाँच रुपैयाँले घटेर तोलाको १ हजार ३९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

२२ माघ, २०८०, १०:५२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।