घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुन तोलामा एक लाख १८ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार तोलामा एक लाख १९ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन तोलामा एक लाख १८ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेको छ।

चाँदी तोलामा एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

२१ माघ, २०८०, ११:५०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।