शुक्रबार मृत्यु भएको भनिएकी पुनम पाण्डे जीवितै, इन्स्टाग्राममा भिडियो राख्दै मागिन् माफी

शुक्रबार मृत्यु भएको भनिएकी पुनम पाण्डे जीवितै, इन्स्टाग्राममा भिडियो राख्दै मागिन् माफी

काठमाडौं : शुक्रबार निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको बताएकी छन्।

भिडियो सन्देश पोस्ट गर्दै उनले पाठेघरको मुखको क्यान्सरबारे जनचेतना जगाउन आफू मरेको भनेर पोष्ट गरेको बताएकी छन्।

शुक्रबार उनकै इन्स्टाग्राममार्फत मृत्यु भएको बताइएको थियो।

उनले सामाजिक सञ्जालमा एक भिडियो राख्दै भनेकी छन्, ‘म जिउँदै छु। पाठेघरको क्यान्सरले मेरो मृत्यु भएको छैन। पाठेघरको क्यान्सरको बारेमा जनचेतना फैलाउनु नै आफूले मैले गरेको नाटकको मुख्य उदेश्य हो। अभावका कारण धेरै महिलाको पाठेघरको क्यान्सरले ज्यानसमेत गएको छ। केही अन्य क्यासरविपरीत पाठेघरको क्यासरलाई पूर्ण रूपमा रोक्न सकिन्छ।’

उनले अगाडि भनेकी छन्, ‘तपाईंहरूको आँशुको कारण बनेकोमा म क्षमा चाहन्छु। हामीले पाठेघरको क्यान्सरको बारेमा पर्याप्त कुराकानी गरिरहेका छैनौं। मैले आफ्नो मृत्युबारे झुट बोलेँ किनकी यसबारे सबैले जान्नु जरुरी थियो। अहिले हामी सबै पाठेघरको क्यान्सरको बारेमा छलफल गरिरहेका छौँ नि हैन? यो यस्तो बिरामी हो जसले चुपचाप तपाईंले ज्यानसमेत लिनसक्छ। त्यसैले तत्काल परामर्श र उपचारको जरुरी छ। मलाई यसमा गर्व छ कि मैले आफ्नो मृत्युको खबर पाउन  सकेँ।’

अर्को भिडियोमा उनले कसरी पाठेघरको क्यान्सरबाट बच्ने र त्यसलाई कसरी रोकथाम गर्ने भन्नेबारे बताएकी छन्।

विवादास्पद क्रियाकलापको कारण यसअघि पनि पटक-पटक चर्चामा आउने गरेकी उनले फेरि एकपटक दुनियाँलाई बेवकुफ बनाएकी छन्।

पाठेघरको मुखको क्यान्सर एक प्रकारको क्यान्सर हो जुन पाठेघरको कोशिकाहरूमा हुन्छ। पाठेघरको मुखको क्यान्सर सुरुवातमै पत्ता लागेमा रोकथाम गर्न सकिन्छ।

२० माघ, २०८०, १३:५८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।