गायिका मेनुका पौडेलले लगाइन् एआई जडित चस्मा, पढ्न र बाटो पहिल्याउन सहज

गायिका मेनुका पौडेलले लगाइन् एआई जडित चस्मा, पढ्न र बाटो पहिल्याउन सहज

काठमाडौँ : रियालिटी शो इन्डियन आइडलमा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा बटुलिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन्।

आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेपछि मञ्चमा मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन समेत गरेकी थिइन्।

गायिका लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चिकित्सकले स्टेज उक्लिएर चस्मा दिएका थिए।

चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको थियो। चस्मामा क्यामेरा जडान छ। क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँछ।

चस्माको सेन्सरमा एआई जडान गरिएको छ। चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन्। जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन्।

मेनुका आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र पर्न समेत सफल भइसकेकी छन्।

१५ माघ, २०८०, १२:००:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।