यस वर्षको ‘झलकमान लोकसंगीत सम्मान’ गायक राजु परियारलाई

यस वर्षको ‘झलकमान लोकसंगीत सम्मान’ गायक राजु परियारलाई

काठमाडौं : यस वर्षको ‘झलकमान लोकसंगीत सम्मान’ लोक दोहोरी गायक राजु परियारलाई प्रदान गरिने भएको छ।

बिन्ध्यवासिनी फाउण्डेसनको आयोजित दशौं वार्षिक भेलाले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो।

गायक परियारलाई २५ हजार रूपैयाँ राशीसहित सम्मान प्रदान गरिने भएको छ।

म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० अग्रज गायिका मीरा राणालाई सम्मानित गरिने भएको छ। नगद एक लाख रूपैयाँ राशिसहित सम्मानपत्र प्रदान गर्ने जनाइएको छ।

बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रूपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई सम्मान गर्ने निर्णय भएको छ। भेलाले बिन्ध्यवासिनी २५ हजार रूपैयाँ राशिसहितको कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई अर्पण गर्ने निर्णय गरेको छ।

प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार रूपैयाँ नगदसहित युवा गायक रूपक डोटेललाई सम्मान गर्ने निर्णय भएको छ।

प्रत्येक वर्ष अवार्ड समारोह आयोजना गर्दै फाउन्डेसनले यस वर्षको म्युजिक अवार्डको १४ औं सँस्करण चैत १ गते आयोजना हुने जनाइएको छ।

१४ माघ, २०८०, १०:२६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।