राहुल गान्धीले फेरि थाले ‘भारत जोडो अभियान’

राहुल गान्धीले फेरि थाले ‘भारत जोडो अभियान’

 

काठमाडौं : भारतीय कांग्रेसले नेता राहुल गान्धीले भारत जोडो अभियानको दोस्रो चरण आजदेखि सुरू गरेका छन्।

राहुलकै नेतृत्व हुँदै गरेको दोस्रो चरणको यो अभियानलाई ‘भारत जोडो न्याय यात्रा’ नाम दिइएको छ।

आठ महिना अगाडि भड्किएको जातीय हिंसाबाट मणिपुरको थौबल जिल्लाबाट दोस्रो चरणको अभियान सुरू भएको हो। थौबलको खोंगजोम युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि गान्धीले अभियान सुरू गर्नेछन्।

सन् १८९१ मा अंग्रेज-मणिपुर युद्धमा मारिएकाहरुको सम्झनामा खोंगजोममा युद्ध स्मारक बनाइएको हो। १४ जनवरीदेखि २० मार्चसम्म चल्ने दोस्रो चरणको अभियान यात्रा पूर्वमा मणिपुरदेखि पश्चिममा मुम्बईसम्म चल्ने छ। यस क्रममा राहुल गान्धी १४ राज्यका ८५ जिल्लामा पुग्ने छन्।

यसअघि भारतीय कांग्रेसले पहिलो चरणको भारत जोडो अभियान सन् २०२२ को सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु गरेको थियो। यो यात्रा १३६ दिनपछि जम्मु कश्मिर पुगेर समापन भएको थियो। 

२९ पुस, २०८०, १५:१७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।