सरकारले तोक्यो गहुँको समर्थन मूल्य

सरकारले तोक्यो गहुँको समर्थन मूल्य

काठमाडौं : सरकारले गहुँको समर्थन मूल्य तोकेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसको जानकारी दिएकी हुन्।

यस्तै, बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सदस्यसचिवमा महेश भट्टराईलाई नियुक्त गरेको पनि उनले जानकारी दिइन्।

त्यसैगरी सरकारले प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती गरेको छ।

प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने प्रधानमन्त्रीको बाचाअनुसार कटौती गरिएको उनले बताइन्।

१२ पुस, २०८०, १९:०२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।