सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। चाँदीको मूल्य भने स्थिर छ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख १५ हजार सात सय रुपैयाँमा कारोबार भएको छ।

तेजाबी सुनको मूल्य भने यसदिन १ लाख १५ हजार १५० रूपैयाँमा कारोबार भएको छ।

चाँदीको मूल्य भने सोमबार पनि आइतबारकै कायम भएको छ। आइतबार चाँदी तोलको १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

मंसिर ४, २०८० सोमबार १२:२२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।