तीन दिनको बिदापछि खुल्दा ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

तीन दिनको बिदापछि खुल्दा ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : तिहारको तीन दिनको बिदापछि शुक्रबार खुलेको बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

तिहारअघि सोमबारको तुलनामा सुनको मूल्य तोलामा २३ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुनको मूल्य १ लाख १५ हजार ५ सय रुपैयाँ प्रतितोला हुँदा तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ।

यस्तै चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ रहेको महासंघले जनाएको छ।

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख १३ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १२ हजार ६५० रुपैयाँ थियो।

चाँदी भने गत सोमबार १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको थियो।

मंसिर १, २०८० शुक्रबार ११:५५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।