श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
सांकेतिक तस्बिर ।

धनगढी : अछाममा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान प्रकाउ परेका छन्।

मंगलसेन नगरपालिका-३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र शरीरमा चोटपटक लागेकोले हत्याको आशंका गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले बताए।

मृतकका श्रीमान शेरबहादुर भण्डारीले मदिरा सेवन गरी हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

३० कात्तिक, २०८०, १२:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।