बालकलाई थप्पड हानेको भिडियो भाइरल भएपछि नाना पाटेकरले दिए स्पष्टीकरण

बालकलाई थप्पड हानेको भिडियो भाइरल भएपछि नाना पाटेकरले दिए स्पष्टीकरण

एजेन्सी : अभिनेता नाना पाटेकरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा उनले एक बालकलाई थप्पड हानेको देखिन्छ।

यो भिडियो वाराणसीमा चलिरहेको फिल्म ‘जर्नी’ को सुटिङका ​​क्रममा खिचिएको बताइएको छ। यो भिडियो भाइरल भएपछि नाना पाटेकरले स्पष्टीकरण दिएका छन्।

नाना पाटेकरले ‘एक्स’ मा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘धेरै व्यक्तिले सामाजिक सञ्जालमा फैलिएको भिडियोको गलत व्याख्या गरिरहेका छन्। त्यो मेरो आगामी फिल्म ‘जर्नी’ को सुटिङको रिहर्सलको क्रममा भएको एउटा मिसअन्डरस्ट्यान्डिङ्ग हो।’

उनले यो भिडियोमा सुटिङका ​​क्रममा बच्चालाई थप्पड हानेको अभिनय गरेको बताएका छन्।

तर, संयोगवश रिहर्सलको क्रममा अर्को बच्चा त्यहाँ आयो, जसलाई उनीहरूले फिल्मको बच्चा ठान्दै थप्पड हाने।

३० कात्तिक, २०८०, ०९:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।