तीन सय करोडमा बनेको सलमानको ‘टाइगर ३’ एचडी क्वालिटीमै अनलाइन लिक

तीन सय करोडमा बनेको सलमानको ‘टाइगर ३’ एचडी क्वालिटीमै अनलाइन लिक

एजेन्सी : बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर ३’ हलमा प्रदर्शन हुनेबित्तिकै लिक भएको छ।

सलमान र कट्रिनाका फ्यानले लामो समयदेखि प्रतिक्षा गरेको फिल्म हलमा प्रदर्शन हुनेबित्तिकै विभिन्न इन्टरनेट साइटहरूमा लिक भएको हो।

सलमान र कट्रिनाको अलावा इमरान हाश्मीको मुख्य भूमिका रहेको फिल्म लिक भएको खबरले निर्माण टिमलाई चिन्तित बनाएको छ।

मिडिया रिपोर्टका अनुसार ‘टाइगर ३’ फिल्मीवाप, तमिल रकर्स र फिल्मीजिल्ला लगायतका इन्टरनेट साइटहरूमा राखिएका छन्। यहाँ एचडी क्वालिटीमै फिल्महरू भएको बताइएको छ।

लिकको खबरले फिल्मको बक्स अफिसमा के असर गर्छ, त्यो भने हेर्न बाँकी नै छ।

यसअघि पनि अलनाइन लिक भएका धेरै फिल्मका निर्माताले घाटा बेहोर्नुपरेको इतिहास छ।

फिल्म ३ सय करोडमा बनेको हो।

२६ कात्तिक, २०८०, १०:१६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।