भूकम्प पीडितलाई एक करोड रुपैयाँ राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

भूकम्प पीडितलाई एक करोड रुपैयाँ राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए।

यसअघि बागमती सरकारले भूकम्प पिडितको राहत, उद्धार तथा पुर्नस्थापनाका लागि एक करोड ५० लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ। 

शुक्रवार राति गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा ठुलो जनधनको क्षति भएको विवरण सार्वजनिक भइरहेका छन्।

अहिलेसम्म १३२ जनाको मृत्यु भएको सरकारी निकायले पुष्टि गरिसकेको छ। १ सय ४० जना बढी घाइते भएका छन्। भौति क्षतिको विवरण आउन बाँकी छ। 

शुक्रवार राति ११ : ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४  म्याग्निच्यूडकाे भूकम्प गएको थियो।
 

१८ कात्तिक, २०८०, १२:२४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।