संसद्को चालु अधिवेशन बिहिबार राति १२ बजेदेखि अन्त्य गर्ने सरकारको निर्णय

संसद्को चालु अधिवेशन बिहिबार राति १२ बजेदेखि अन्त्य गर्ने सरकारको निर्णय
फाईल फोटो

काठमाडौं : सरकारले आज बिहीवार मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। 

बिहीवार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको समेत भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए। 

बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन समेत दिएको छ।

१६ कात्तिक, २०८०, ११:०३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।