चीनको एक विद्यालयको जिम भवनको छत खस्दा कम्तीमा १० जनाको मृत्यु

चीनको एक विद्यालयको जिम भवनको छत खस्दा कम्तीमा १० जनाको मृत्यु

चीनको हेलोङजियाङ प्रान्तमा विद्यालयको जिमको छत खस्दा १० जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो ३ बजे दुर्घटना भएको हो। समाचार एजेन्सी सिन्ह्वाका अनुसार भग्नावशेषबाट १४ जनालाई जीवितै निकालिएको छ।

जसमध्ये ४ जनाको अवस्था गम्भीर छ। सोही क्रममा दुर्घटनाको जिम्मेवारी लिएर एक व्यक्तिलाई पक्राउ गरिएको छ। उद्धारका लागि १६० दमकल र ३९ वटा ट्रक खटाइएको छ। 

प्रारम्भिक अनुसन्धानमा जिमको छतमा राखिएको परलाइटका कारण दुर्घटना भएको बताइएको छ।

८ साउन, २०८०, ११:१४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।