‘आइएमई पे’ले ल्यायो १ रूपैयाँको अफर

‘आइएमई पे’ले ल्यायो १ रूपैयाँको अफर

काठमाडौं : डिजिटल वालेट आइएमई पेले १ रुपैयाँको अफर ल्याएको छ।

बिहीबार कम्पनीले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको हो।

जेठ १० गतेदेखि जेठ ७ गतेसम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल १ रुपैयाँमा खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन्।

प्रयोगकर्ताहरूले यो खेल आइएमई पे एप को होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गइ खेल्न सक्नुहुनेछ। यस एक हप्ते अफरमा प्रयोगकर्ताहरूले धेरै पटक रू १ तिरी सो खेल खेल्न सक्नेछन्।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सञ्जालमार्फत हुनेछ। साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ।

११ जेठ, २०८०, १५:१७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।