जापानमा ट्रकले बसलाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु, अन्तिम सिटमा बसेका थिए तीनै जना मृतक

जापानमा ट्रकले बसलाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु, अन्तिम सिटमा बसेका थिए तीनै जना मृतक

काठमाडौं : रोकिराखेको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा जापानमा दुई नेपाली युवासहित तीन जनाको मृत्यु भएको छ।

मियागी प्रिफेक्चरको कुरिहारामा तोहोकु एक्सप्रेसवेमा रोकिराखेको बसलाई स्थानीय समयअनुसार मंगलबार मध्यरातमा पछाडिबाट ट्रकले ठक्कर दिँदा दुई नेपालसहित तीन जनाको मृत्यु जापानी सञ्चारमाध्यमले जनाएका छन्। 

मृत्यु हुने अर्का व्यक्ति जापानी महिला रहेको समाचारमा उल्लेख छ। मृत्यु भएकाहरू परिचय र दुर्घटनाको कारणबारे जापानको प्रहरीले अनुसन्धान गरिरहेको छ।

दुर्घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन्। त्यहाँको प्रिफेक्चरल प्रहरीका ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको हो। ४० जना सवार बसमा मृत्यु भएका तीनै जना अन्तिम सिटमा बसेका थिए।

३ जेठ, २०८०, ०८:४५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।