नेपालका पदमलाई दुबईमा ७० करोडकाे चिट्ठा

नेपालका पदमलाई दुबईमा ७० करोडकाे चिट्ठा

एजेन्सी : संयुक्त अरब इमिरेट्स यूएईमा एक नेपालीलाई ७० करोड रूपैयाँ बराबरको चिठ्ठा परेको छ।

ठेगाना र थर नखुलाइएका पदम नामका नेपालीलाई महजुज राफल ड्रमार्फत २ करोड यूएई दिराम बराबरको चिट्ठा परेको हो।

जसको नेपाली रुपैयाँ ७१ करोड ७७ लाख ८२ हजार ४९६ हुन्छ।

२ वर्षअघिदेखि हरेक साता हुँदै आएको महजुज लक्की ड्रको १२४औं संस्करणको मुख्य चिट्ठा पदमलाई परेको गल्फन्यूज जनाएको छ।

चिठ्ठा पर्ने पदम २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा गाडी चलाउँदै आएका थिए।

उनले मासिक ५ हजार ७०० दिराम अर्थात् २ लाख ५ हजार रूपैयाँ तलब पाउने गरेका थिए।

चिट्ठा परेपछि उनले गल्फन्यूजसँग भने, ‘म मेरो बच्चाको शिक्षाको लागि बचत गर्नेछु, नेपालमा घर बनाउनेछु र मेरो देशमा सहयोगको खाँचोमा परेका मेरो परिवार र वृद्धहरूलाई मद्दत गर्नेछु।’

६ बैशाख, २०८०, २१:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।